• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेपाली भाषा–साहित्यमा स्नातक गरेका बर्मेलीलाई प्रमाणपत्र प्रदान

बर्मा । बर्मामा स्थायी बसोबास गर्ने नेपाली समुदायले ४० वर्ष अघिदेखि आफ्ना बालबालिकालाई नेपाली भाषा शिक्षण गराइरहेका छन् । 

तिनै नेपाली पाठशालाबाट कक्षा १० उत्तीर्ण भएका बर्मेली नेपालीहरूका लागि नेपाली भाषासाहित्यको उच्च शिक्षा प्रदान गर्ने अभिप्रायले ‘नेपाली साहित्य डिप्लोमा शैक्षिक संस्थान’ गठन गरी नेपालको प्रमाणपत्र तथा स्नातक तहमा पठनपाठन हुने पाठ्यक्रम निर्माण गरी स्नातक पद प्रदान गरिने जनाइएको छ । 

नेपाली साहित्य डिप्लोमाको ५०० पूर्णांकको पाँच विषयमा परीक्षा उत्तीर्ण गरी शोधपत्रसमेत सकेका सातौं र आठौंपटकका ४८ जना अध्येतालाई स्नातक तहको प्रमाणपत्र प्रदान गरिएको छ । 

सो कार्यक्रममा बर्मेली नेपालीको सर्वाेच्च निकाय संघका पदाधिकारीहरू र विभिन्न संस्थाका पदाधिकारी र नेपाली पाठशालाका अध्यापक–अध्यापिका र अभिभावक गरी चार सय जना उपस्थित थिए । 

कार्यक्रमका सभापति लक्ष्मण न्यौपानेले स्नातकहरूलाई मार्गदर्शन दिँदै गुरुदक्षिणाको रुपमा तीन वर्षसम्म नेपाली पाठाशालामा अध्यापन गरिदिन सबै स्नातकसँग माग गरेका थिए । 

त्यस्तै, केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण गौतम र मोगोक नगर समितिका अध्यक्ष प्रेमबहादुर भट्टराईले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमाणपत्र प्रदान गरिसकेपछि नेपाली साहित्य डिप्लोमा शैक्षिक संस्थानका संस्थापक लक्ष्मण न्यौपानेले संस्थानको आफ्नो प्रमुख कार्यभार ज्ञानबहादुर थापालाई हस्तान्तर गरेका थिए ।
 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर