• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 08:41 pm

'तामाकोशी तेस्रोको क्षमता घटाउने कुनै सम्झौता भएको छैन'–ऊर्जामन्त्री पुन

काठमाडौं । सरकारले तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाउनका लागी कुनै सम्झौता नभएको स्पष्ट पारेको छ । मंगलबार ऊर्जा मन्त्रालयमा दोलखाका जनप्रतिनिधि लगाएत स्थानीय सरकोकारवालाहरुसंगको छलफल कार्यक्रममा ऊर्जामन्त्री पुनले तामाकोशी तेश्रोको क्षमता घटाउने बिषयमा कुनै सम्झौता नभएको र सरकारले यसलाई घटाउन नखोजेको स्पष्ट पारे ।

यसअघि ६ सय ५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर २ सय मेगावाटमा विद्युत उत्पादन गर्ने सम्झौता गरिएको भन्दै दोलखावासी आक्रोशित भएका थिए । मन्त्री पुनले लगानी भित्राउने बिषय सकारात्मक भएपनि मुलुकको प्राथमिकताको विपरित हुने गरि कुनै सम्झौता नभएको र सम्झौतापनि नहुने बताए । 

उनले तामाकोशी पाँचौको शेयर आगामी बर्षको असारसम्म निष्कासन भइसक्ने भन्दै ४९ र ५१ प्रतिशतको अनुपातमा शेयर वितरण हुने जनाए । त्यस्तै उनले अपर तामाकोशीको निर्माण कार्य पनि तिव्र ढंगले अघि बढिरहेको जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एनआईसी एशियाले ल्यायो 'सुपर चामत्कारिक मासिक निक्षेप खाता' योजना

  • ३ मङ्सिर, २०७६

काठमाडौं । एनआईसी एशिया बैंकले 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' योजना ल्याएको छ । यो योजनामा बैंकमा खाता भएका सबै इच्छुक खातावाला सहभागी हुन

सेयर लगानीकर्ताको चासो, फेरिएलान् त अर्थमन्त्री ?

  • ३ मङ्सिर, २०७६

काठमाडौं । पछिल्लो दुई सातायता अर्थात् दोस्रो ठूलो चाड तिहारलगत्तै नेपाली राजनीतिक वृत्तमा मन्त्रिमण्डल फेरबदलको विषयले निकै चर्चा पाएको छ

साल्टट्रेडिङमा सर्किट लाग्दा एनएमबि बैंकको सर्वाधिक सेयर किनबेच

  • ३ मङ्सिर, २०७६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । आज नेप्से सुचक १ दशमलव १४ अंकले घटेर १ हजार १ सय २९ दशमलव ९९ को