'तामाकोशी तेस्रोको क्षमता घटाउने कुनै सम्झौता भएको छैन'–ऊर्जामन्त्री पुन

काठमाडौं । सरकारले तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाउनका लागी कुनै सम्झौता नभएको स्पष्ट पारेको छ । मंगलबार ऊर्जा मन्त्रालयमा दोलखाका जनप्रतिनिधि लगाएत स्थानीय सरकोकारवालाहरुसंगको छलफल कार्यक्रममा ऊर्जामन्त्री पुनले तामाकोशी तेश्रोको क्षमता घटाउने बिषयमा कुनै सम्झौता नभएको र सरकारले यसलाई घटाउन नखोजेको स्पष्ट पारे ।

यसअघि ६ सय ५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर २ सय मेगावाटमा विद्युत उत्पादन गर्ने सम्झौता गरिएको भन्दै दोलखावासी आक्रोशित भएका थिए । मन्त्री पुनले लगानी भित्राउने बिषय सकारात्मक भएपनि मुलुकको प्राथमिकताको विपरित हुने गरि कुनै सम्झौता नभएको र सम्झौतापनि नहुने बताए । 

उनले तामाकोशी पाँचौको शेयर आगामी बर्षको असारसम्म निष्कासन भइसक्ने भन्दै ४९ र ५१ प्रतिशतको अनुपातमा शेयर वितरण हुने जनाए । त्यस्तै उनले अपर तामाकोशीको निर्माण कार्य पनि तिव्र ढंगले अघि बढिरहेको जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर