• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रतिनिधिसभा : सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टेक बहादुर बस्नेतले श्रम ऐन लागु गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐन  अनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराए ।

दिल बहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीबास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिपक प्रकाश भट्टले पर्यटन बर्ष मनाउने क्रममा सुदुरपश्चिमलाई वेवास्ता गर्न नमिल्ने भन्दै टनकपुर नाका संञ्चालनमा ल्याएर कंचनपुरको भीम दत्तर नगरपालिकामा पर्यटन सेवा केन्द्र र सुविधा केन्द्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए । देव प्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने कयौ पुलहरु बगाएर लगेको र ती पुलहरु अहिले सम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद नविना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरि प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डाक्टर नारायण खड्काले १८ सय १५को सुगौलि सन्धि र १९ सय १५ को शान्ति तथा मैत्री सन्धि लगायत सिमा सन्धि तथा महत्वपुर्ण दस्तावेजहरु हराएको सुन्न आएको भन्दै उहाँले यस्ता महत्वपुर्ण दस्तावेज हराउनु गम्भीर र संवेदनशील भएको भन्दै सम्बन्धीत मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर