• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

श्रीमान्–श्रीमतीको झगडा छुट्ट्याउने महिलाको मृत्यु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्ट्याउन सहजीकरण गर्ने महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । 

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमाया तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात् चिनीमाया बच्चासहित लालमायाको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमाया आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर