• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'प्रधानमन्त्रीलाई आफु नजिकका भ्रष्टाचारी नदेख्ने दृष्टिदाेष छ'–डा.अमरेश कुमार

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा सांसद डा.अमरेश कुमार सिंहले सवैभन्दा ठूला र धेरै भ्रष्टाचारी र विचौलियाहरु प्रधानमन्त्री केपी शर्मा ओलीकै ओरिपरी रहेको आरोप लगाएका छन् । संघीय संसदको प्रतिनिधिसभामा विषेश समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्री ओलीले भ्रष्टाचारी विरुद्ध कडा अभियान चलाउछुं भनेपनि आफैं ओरिपरीकालाई नदेखेको टिप्पणी गरे ।

जग्गा हडप्ने दलालहरुको विगतदेखि वर्तमान सम्मका काण्डहरु सुनाउदै सांसद सिंहले आयल निगमबाट सुरु भएको जग्गा कब्जा गर्नेहरुको पर्दाफास अहिले नयाँ वसपार्कसम्म आईपुगेको बताए ।

‘२०४९ सालमा जापान सरकार र नेपाल सरकारबीच नयाँ वसपार्क बनाउने सम्झौता भयो, सम्झौता हुनेबेला नयाँ वसपार्कको जग्गा १ सय ६५ रोपनी थियो । तर अहिले ६० रोपनीमा मात्रै वसपार्क छ भने बाँकी जग्गामा अबैध ठूला संरचना बनेका छन्, जुन कानून विपरित हो ।’

नेता सिंहले ल्होत्से सरकारी जग्गा तेश्रो पक्षलाई लिज वा भाडामा दिन नपाउने कानून उलंघन गरेर महानगरले समेत ल्होत्से बहुउदेस्यीय सहकारीलाई दिएको बताए ।
सो सहकारीले सरकारी जग्गा भोग चलन गरेवापद २२ लाख राजश्व दिनुपर्नेमा १८ लाख मात्र दिने गरेको र कानून विपरित कान्तिपुर मल, रिक्रियशन सेन्टर जस्ता संरचना बनेको उनको भनाई छ । 

सांसद सिंहले २०६३ साल यता कुनैपनि ठूला भ्रष्टाचारी देखा नपरेको बताउदै साना भ्रष्टाचारीले आत्महत्या गर्ने तर ठूलाले सलुट खाने गरेको बताए । उनले भने, ‘ठूला कर्मचारी र ठूला नेता सलुट खाने सानाले आत्महत्या गर्नुपर्ने, प्रधानमन्त्रीमा दृष्टीदोष छ, सवै भ्रष्टाचारी विचौलिया प्रधानमन्त्री ओरिपरी छन् ।’

सांसद सिंहले उक्त ल्होत्से बहुउदेश्यीय सहकारीको नेतृत्वमा रहेका दिपक कुंवर नेकपाका नेता तथा रक्षामन्त्री ईश्वर पोखरेलका नजिकका व्यापारी भएको आरोप लगाए । संसदमा बोलेपछि बाहिरिएपछि उनले संचारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर