• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:50 pm

किर्गिजस्तानका पूर्वराष्ट्रपति सत्ताविद्रोहको योजनाकार - सुरक्षा सेवाका प्रमुख

बिश्केक । किर्गिजस्तानका पूर्वराष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । 

पूर्वराष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो । अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति थिए । 

अटामयेभलाई पक्राउ गर्नु अघिल्लो दिन उनका समर्थक र प्रहरीबीच भिडन्त भएको थियो । राष्ट्रिय सुरक्षा सेवाका प्रमुख ओरोजबेक ओपुमबायेभले पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति अटामयेभले मुलुकमा रक्तपात चाहेको आरोप लगाउनुभयो । सुरक्षा प्रमुख ओपुमबायेभले भने, ‘पूर्व राष्ट्रपतिको एकमात्र चाहना सत्ताविद्रोह देखिएको छ ।’ 

पूर्व राष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ । राजधानी विश्केकमा भएको प्रदर्शनमा पूर्व राष्ट्रपतिका समर्थकहरु हतियार सहित प्रदर्शनमा उत्रिएको र त्यसक्रममा एक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएका थिए ।

सुरक्षा सेवाका वकील जमिर बेइसेकिभले सरकारी अधिकारीहरुको नियोजित हत्या र हिंसा भड्काउन पूर्व राष्ट्रपतिको भूमिकाका बारेमा पनि अनुसन्धान भइरहेको बताए ।

दुई दशकभित्रै किर्गिजस्तानमा दुई पटक क्रान्ति भइसकेको छ । पूर्व राष्ट्रपति अटामबायेभ र राष्ट्रपति सूरोनबाई जीनबेकोभबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ ।

अटामबायेभको गिरफ्तारीका बारेमा प्रहरीले दुई पटक सूचना पठाए पनि उनले आत्मसमर्पण गरेका थिएनन् । उनीमाथि आफ्नो राष्ट्रपतीय शासनकालमा चेचेन कुख्यात व्यक्ति अजिज बाटुकायेभलाई सन् २०१३ मा मुक्त गरेको विषयमा पनि सरकारले छानबिन थालेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणबाट म खुशी छैन : ट्रम्प

  • ८ भदौ, २०७६

फ्रान्स । उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । तर उनले उत्तर कोरियाली

मेक्सिकोमा फेरि अर्को पत्रकारको हत्या, ८ महिनामै १० पत्रकार मारिए

  • ८ भदौ, २०७६

टोलुका । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको

अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन : ब्राजिल

  • ८ भदौ, २०७६

रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्