• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अस्वीकार गरेको तीन घन्टा पछि बोलाएरै दिइयो सन्दीपलाई अमेरिकाको भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । त्यसको तीन घन्टापछि उनलाई भिसा दिएको हो ।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न जानको लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै नेपालका प्रधानमन्त्रीलाई मेन्सन गर्दै अमेरिकाको भिसा नपाउँदा आफू आश्चर्यमा परेको बताएका थिए । 

लगत्तै दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर