• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बीआरआईबारे नेपालमा बहस सुरु, के हुन्छ फाइदा ? 

काठमाडौं । चिनको महत्वकांक्षी योजना बीआरआई अन्तर्गतको स्टुडेन्ट एशोसियसन फर बेल्ट एण्ड रोड इनिसियटिभ्सले नेपालमा पनि बहस सुरु गरेको छ । गत आइतबार पुलचोक इन्जिनियरिङ कलेजमा स्टुडेन्ट एशोसियसन फर बेल्ट एण्ड रोड इनिसियटिभ्सका अध्यक्ष यु–स्यओ को उपस्थितिमा एक कार्यक्रम आयोजना भएको थियो । 

चीनका राष्टड्ढपति सि जिन पिङले आधुनिक परिकल्पनाका साथ अघि बढाएको उक्त परियोजनाले संसार लाई सडक मार्गबाटै जोड्ने योजना अघि बढाएको छ । जसमा नेपाल लगायत ७८ वटा राष्ट्रले सहमति गरिसकेका छन । यो परियोजनाले राष्ट्र–राष्ट्र लाई मात्र नभई संस्कृति, जनता, आर्थिक, राजनैतिक बहुआयामिक क्षेत्रमा जोड्ने लक्ष्य लिइएको छ । 

जसका लागि नेपालमा स्टुडेन्ट एशोसियसन फर बेल्ट एण्ड रोड इनिसियटिभ्स अफ नेपाल गठन भएको छ । नेपालका विद्यार्थी सर्कलदेखि नै बीआरआईको बारेमा जानकारी दिएर अघि बढ्न सहयोग पुगेको स्टुडेन्ट एशोसियसन फर बेल्ट एण्ड रोड इनिसियटिभ्स अफ नेपालका महासचिव युवराज दाहालले बताए । यस्ता कार्यक्रमबाट नेपाल तथा अन्य देशको सम्बन्ध सुधार, संस्कृति जोगाउन तथा राजनीतिक क्षेत्रमा जोड्न सहज हुने उनले तर्क गरे ।

इन्जिनियरिङ कलेजमा आयोजित उक्त कार्यक्रममा  चीनका विशिष्ट प्राध्यापकहरु र नेपाल बाट इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडीन तथा नेपाल इन्जिनियरिङ एशोसियसनका अध्यक्ष प्रा.डा. त्रि रत्न बज्राचार्य र नेपाल सरकारका पुर्व महान्यायाधिवक्ता तथा काठमाडौँ विश्वविध्यालय कानुन संकायका कार्यकारी निर्देशक प्रा.डा.युवराज संग्रौलाको उपस्थितिमा बहस कार्यक्रम आयोजना भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर