• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारत-पाकिस्तान तनाव : दिल्लीबाट लाहोर जाने बस अब काठमाडौं पठाउँने ? 

तस्विर : वेब

एजेन्सी । भारतको संविधानले काश्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले दिल्लीसँग धेरै वटा सम्बन्ध तोडिसकेको छ । राजनीतिक, व्यापारिक, यातायातमा रेल सेवा र अब बस सेवा । 

दिल्लीलाहोरबीच चलिरहेको बस सेवालाई पनि पाकिस्तानले हटाउने निर्णय लिएपछि दिल्ली यातायात निगम(डिटीसी)ले यी बसलाई काठमाडौंको रुटमा चलाउन सक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

यद्यपि, भारतको विदेश मन्त्रलयको अनुमति र नेपाल सरकारको सहमति आवश्यक पर्छ । पाकिस्तानद्धारा दिल्ली–लाहोर बस सेवा निलम्बित गर्ने फैसलापछि डिटीसीले बस नपठाउने निर्णय गरेको छ । 

पत्येक सोमबार दिल्लीबाट लाहोरका लागि बस सेवा सञ्चालन हुने गरेकोमा यही सोमबारबाट यसलाई बन्द गरिएको छ । अब यो बस सेवा दिल्ली–काठमाडौं रुटमा शिफ्ट गर्न सकिने डिटीसीको एक सुत्रलाई उध्रृत गर्दै नवभारत टाइम्सले लेखेको छ । 

दिल्लीबाट काठमाडौँ सम्मको बस यात्राका लागि २३ सय भारु शुल्क छ र यस रुटमा यात्रा गर्ने यात्रुको संख्या पनि बढ्दो रहेकाले लोहोरका लागि सञ्चालित बसलाई यस रुटमा लगाउन सकिने बताइएको छ । 

दिल्लीको अम्बेडकर बस टर्मिनलदेखि प्रत्येक बिहानको १० बजे काठमाडौँका लागि बस छुट्छ । करिब १२ सय किलामिटरको दुरी पार गर्न बसलाई करिब ३० घण्टादेखि ३२ घण्टासम्म लाग्छ । 

सन् १९९९ मा दिल्ली–पाकिस्तानको राजधानी लाहोर बस सेवा सुरु भएको थियो, तर सन् २००१ मा संसद आक्रमणपछि यसलाई निलम्बित गरिएको थियो । त्यसपछि सन् २००३ जुलाई मा फेरी यो बस सेवा सुरु गरियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर