• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 11:03 pm

निजगढ विमानस्थल बनाउन अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले गर्ने : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको सामबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए । उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल पछि थप निर्णय लिने पनि बताए । बैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताए । समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिए । नेपाली प्राविधिकहरु पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताए ।

मन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि त्यस क्षेत्रको बस्तीलाई ब्यबस्थीत गरिने पनि बताए । विस्थापित हुने सबै नेपाली दाजु—भाइ नै भएकोले अन्याय नहुने गरि ब्यबस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको बताए ।

मन्त्री भट्टराईले विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिदै वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने बताए । विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको छ । निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपनिर्वाचन : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

  • ५ मङ्सिर, २०७६

चितवन । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय

नदीजन्य सामग्रीको चोरी निकासी तीव्र

  • ५ मङ्सिर, २०७६

 बुटवल । जिल्लाको तिनाउ र दानव नदी किनारबाट अवैध रूपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७, हरिहरपुर नाकाबाट

चुनावी सभामा राप्रपाका नेता भन्छन–‘नेकपा, कांग्रेस असफल, अबको विकल्प राप्रपा’

  • ५ मङ्सिर, २०७६

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेपालको सुरक्षित भविष्यका लागि राजसंस्थालाई पनि स्पेस दिनुपर्ने बताएका छन् ।