• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आरक्षणको कार्यान्वयन माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं । विभिन्न जनजातिसंग सम्बन्धित संघ संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् ।

संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चिता गरेको सन्र्दभमा राज्यले त्यसलाई वेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन् । 

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीले संविधान मिच्न पाईदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली विरुद्ध नारावाजी गरेका प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसंग सामान्य झडप समेत भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर