• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अष्ट्रेलियामा फोहोर व्यवस्थापनका लागि दुई करोड डलरको कोष घोषणा

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनःप्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गरेका छन् । 

प्लाष्टिकको पुनरप्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उनी रिसाएको अधिकारीहरुले जनाएका छन् । 

उनले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गरे । सिड्नीमा उनले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गरेका हुन् । 

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताए ।

‘हामीले आफ्ना सन्तान र हामी आफैँलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ,’ उनले भने । 

प्रधानमन्त्री मोरिसनले थपे, ‘एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।’

अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उनले बताए ।

‘फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,’ प्रधानमन्त्री मोरिसनले भने । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर