• बुधबार ११-१४-२०७६/Wednesday 02-26-2020/ 06:29 am

वेदकोट नगरपालिकाका सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । मंगलबारबाट नगरपालिकाले नगरका सामुदायिक विद्याज्लय र स्वास्थ्य संस्थाहरुमा पहिलो पटक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिन लागेको हो ।

वेदकोटका सबै सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने नेपालकै पहिलो नगरपालिका बनेको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।
उनका अनुसार नगरपपालिकाका २४ सामुदायिक विद्यालय र नौ स्वास्थ्य संस्थामा उक्त मेसिन जडान गरिन लागेको हो । पहिलो दिन वेदकोट स्थीत भुवनेश्वरी माध्यमिक विद्यालय, नवदुर्गा आधारभुत विद्यालय, उदयदेव, र घाटल माध्यमिक विद्यायलमा जडान गरिएको छ ।

छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय नछोड्नु पर्ने बाध्यता अन्त्यका लागि उक्त मेसिन वडा कार्यालयले जडान गरिदिएको नगर प्रमुख चन्दको भनाई छ ।
स्यानिटरी प्याड भेन्डिङ मेसिन जडानपछि विद्यालयलाई मास्टर कार्ड दिईएको छ । उत्त कार्ड मसिन भित्र हालेपछि स्यानिटरी प्याड बाहिर निस्कने व्यवस्था गरिएको छ ।

प्याडका लागि मास्र्टर कार्डमा रिर्चाज गर्नु पर्नेछ । मेसिन जडान भएपछि छात्राहरु खुशी भएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिस्नुको परिकारमा रमाउँदै पर्यटक

  • १३ फाल्गुण, २०७६

मान्म ।  जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो

पाल्पाको रिब्दीकोट ७ पालुङको सिंगो गाउँमा खानेपानी सुविधा

  • १३ फाल्गुण, २०७६

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले एक घर एक धारा अभियान अन्तरगत वडा नं ७ को सिंगो गाउँमा खानेपानीको सुविधा पुर्याइएको छ । घर घरमा खानेपानी

कलंकीमा एउटै ट्रकले १० ओटा सवारीलाई ठक्कर दियो, एकको मृत्यु

  • १२ फाल्गुण, २०७६

काठमाडौं । काठमाण्डौको कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिएको छ । सोमबार साँझ ना ६ ख २८७१ नम्बरको ट्रकले अनियन्त्रीत भएर ठक्कर दिँदा