• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

    इञ्जिनियरद्वयले कलैया उपमहानगरपालिका–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाइ भुक्तानी दिन सिफारिस गरेको आयोगको अनुसन्धानबाट खुलेको थियो । आयोगले उनीहरु दुवै जनाविरुद्ध पाँच लाख ७१ हजार २६९ रुपैयाँ ५० पैसा बिगो मागदाबी गरेको छ । 

    आयोगले आजै सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको भङ्गाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलमलाई रु एक लाख ६० हजार घुससहित नियन्त्रणमा लिएको छ । निजले सेवाग्रहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी गरिदिएबापत सो रकम घुस लिएको पुष्टी भएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। उक्त घटनामा संलग्न भएको आशङ्कामा आयोगले सोही वडाका वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर