• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण पहिलो भलिबल प्रतियोगिता आज

काठमाडौं । नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण पहिलो भलिबल प्रतियोगिता आज हुँदैछ । खेल अपरान्ह ३ बजेपछि लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा हुने छ ।
भदौ २ गतेदेखि हुने लागेको पाँचौं एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि अफगान टोली मंगलबार काठमाडौं आइपुगेको हो । प्रतियोगिता अगाडि नै आएको अफगानटोलीले बुधबार र विहीबार २ वटा मैत्रीपूर्ण भलिबल खेल्ने छ । यसलाई सेन्ट्रल जोनको तयारी खेलको रुपमा हेरिएको छ ।

सेन्ट्रल जोनमा नेपाल र अफगानिस्तानसहित बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स, तुर्किमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने छ । अफगान टिमका प्रशिक्षक तथा कप्तानले आफूहरुको मुख्य लक्ष भनेको उपाधी हात पार्ने नै हो भन्दै प्राय सवै टोलीको खेलसंग आफूहरु जानकार रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर