• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

गभर्नर नेपाललाइ गाली– 'तपाई चूप लाग्नुस...!'

चौर औंला तेस्र्याएर अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपाललाई सबैका सामु चर्को स्वरले हप्काएपछि बैठकमा सन्नाटा छायो ।

घटना एक हप्ताअघि, अर्थमन्त्रालयस्थीत बैठक कक्षको हो ।  भनिन्छ नि , मन नपरेपछि मायाले छुँदा दुख्छ, मन परेपछि चिमोट्दा पनि कायकुति लाग्छ । त्यसदिन भएको यस्तै हो ।  मन्त्री रिसाउनुपर्ने कुनै विशेष कारण नै थिएन  । तर रिसाएको मात्र होइन, यसरी नै कड्किए कि उच्चपदस्थ कर्मचारीहरु हेराहेर गर्न थाले ।

यो घटना मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक चलिरहदाको हो । हरेक चार चार महिनामा यस्तो समितिको बैठक बस्छ र अर्को बैठक बार्षिक रुपमा हुन्छ । यो समाचार आजको जनआस्था साप्ताहिकमा छापिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर