जनप्रतिनिधिलाई दोहोरो सुविधासहित पेन्सन दिने तयारी

बुटवल । प्रदेश पाँचका स्थानीय तहका जनप्रतिनिधिहरुलाई पेन्सनसहितको दोहोरो सुविधा दिने बाटो खुल्ने गरी कानुन संशोधन गर्न लागिएको छ । 

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको बैठकले प्रदेश अन्र्तगतका जनप्रतिनिधिलाई दाहोरो सुबिधा लिन पाउने गरी विधेयक संशोधनको तयारी थालेको हो । सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले विधेयक संशोधन गरेर उनीहरुलाई पेन्सन बुझ्ने बाटो खुल्ला गर्न लागेको बताए ।

यस अघि स्थानीय तहका जनप्रतिनिधीले दोहोरो सुविधा लिन नपाउने ब्यवस्था गरीएपनि मन्त्रीपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनीधिले दोहोरो सुविधा लिन ऐन नै संशोधन गर्ने प्रक्रिया अगाडी बढाएको छ । 

बैठकले प्रदेश लोकसेवा आयोगको मुकाम बुटवल तोक्ने निर्णय पनि गरेको छ ।  बैठकले कपिलवस्तुको शुद्धोधन गाँउपालिकाको केन्द्र परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै सडक दुर्घटनामा परि मृत्यु भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको परिवारलाई प्रदेशसभा सचिवालय मार्फत वीमा वापतको रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर