• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रुसमा रकेट इन्जिन विस्फोट, पाँच जना न्युक्लियर इन्जिनियरको मृत्यु

काठमाडौं । रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ ।विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो ।

राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् ।

आर्कटिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो ।तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर