• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पाकिस्तानको आज ७३औं स्वतन्त्रता दिवस

काठमाडौं । पाकिस्तानले आफ्नो ७३औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमबीच झन्डोत्तलन गर्दै दिवस मनाएको हो । 

७३ वर्षअघि तत्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ । दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख, शान्ति र खुसियाली बाँड्दै विश्वभरि बन्धुत्व र भाइचाराको कामना गरेका छन् । 

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख  छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर