• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फेरि सर्याे नेकपा सचिवालय बैठक

फाइल फाेटाे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगीत भएको छ । यसअघि मंगलबार बस्ने तय भएको बैठक आजका लागी सारिएको थियोे । शिर्ष नेताहरुबीच गृहकार्य गर्नुपर्ने भएकाले बैठक बिहिबारका लागी सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

सचिवालय बैठक अघि आज बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड लगाएतका नेताहरुबीच छलफल भएको थियो । छलफलमा थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक भोलीका लागी सार्ने सहमति भएको हो । 

यसअघि, साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो । अन्य विभागको टुंगो लागेपनि स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भएपनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर