फिल्म ‘हिरो नं. १’ को गीत सार्वजनिक
काठमाडौं । जय किशन बस्नेतले निर्माण गरेको फिल्म ‘हिरो नं. १’ को गीत ‘के गर्नु मंगले आफ्नै ढंगले’ सार्वजनिक भएको छ ।
गीतमा सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरु रहेका छन् ।
भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् ।
प्रतिकृया दिनुहोस