पिएसजीले ताेक्याे नेयमारकाे मूल्य, २५० मिलियन युराे पाए मात्र नेयमार बेच्ने
एजेन्सी । ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी नेयमार जुनियरमाथि स्पेनी महारथी बार्सिलानो र रियल मड्रिडेल आँखा गाडेपछि उनको मूल्य बढेको छ ।
पिएसजी २५० मिलियन युरो पाए नेयमार बेच्ने मनसाय बनाएको छ । खबरअनुसार बार्सिलोनाले नेयमारसँगको कुरा टुंगो लगाउन टेक्निकल म्यानेजर इरिक अबिडाललाई पेरिस पठाएको छ । सोही कारण पनि पिएसजीले नेयमारको मूल्य निकै धेरै तोकेको हो ।
यद्यपि, नयाँ सिजनका लागि बार्सिलोनाले ग्रिजम्यान र रियल मड्रिडले इडेन हाजार्डलाई क्लबमा अनुबन्ध गरेपछि बार्सिलोना र रियलले नेयमारमाथि ठूलो लगानी गर्छन् कि गर्दैनन् भन्ने बहस सुरु भएको छ ।
प्रतिकृया दिनुहोस