• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 08:41 pm

प्रधानमन्त्री खान काश्मिर भ्रमणमा

मुजफराबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन् ।  प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ ।

भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ ।

 पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्रा्ष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ ।

पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन ।

यसैसाताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तर्रा्ष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए । 

अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्टिल, आल्मुनियमसम्बन्धी अमेरिकाकाे प्रस्ताव मेक्सिकोले गर्याे अस्वीकार

  • २३ मङ्सिर, २०७६

मेक्सिको सिटी । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी

कार्यकुशलता प्रदर्शन गर्न नसकेकाे आरोपपछि दक्षिण सुडानका सभामुखले दिए राजीनामा

  • २३ मङ्सिर, २०७६

जुबा । सांसदहरूको अत्यधिक दवाव र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन् ।  कार्यकुशलता प्रदर्शन गर्न नसकेको र

भारतको विवादित ‘नागरिकता संशोधन विधेयक’ लोकसभामा प्रस्तुत

  • २३ मङ्सिर, २०७६

एजेन्सी । भारतको संसदमा विवादित ‘नागरिकता संशोधन विधेयक’ प्रस्तुत गरिएको छ, जसले तीन छिमेकी देशका गैर–मुस्लिम नागरिकलाई भारतले नागरिकता दिनेछ