• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 10:09 pm

पर्यटन विकासका लागि सरकार गम्भीर: मन्त्री भट्टराई

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । 

 नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताए । “ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ”, मन्त्री भट्टराईले भने, “पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।” 

सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उनको सफल कार्यकालका लागि  शुभकामनासमेत व्यक्त गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एनआईसी एशियाका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट

  • २३ मङ्सिर, २०७६

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौंस्थित द्वारिकाज होटल बत्तिसपुतलीसँग विशेष छुटसम्वन्धि सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई

सेयर बजारमा उमंग, सूचक र कारोबार दुवै बढ्यो

  • २३ मङ्सिर, २०७६

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार ३ अंकले बढेको नेप्से सूचक सोमबार १३ दशमलव ५१ अंकले बढेर १

सुनचाँदीको मुल्यमा आज पनि गिरावट

  • २३ मङ्सिर, २०७६

काठमाडौं । सोमबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।  आज छापावाल सुन तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी