• शनिबार ८-२८-२०७६/Saturday 12-14-2019/ 02:32 pm

उज्वेकिस्तानमा  भूमिको निजीकरणको नयाँ कानुन  लागू

तास्कन्त । उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलबार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन् । 

मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महिनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च १ देखि लागू हुनेछ ।

यसअघि, सबै जमिन राज्यको मातहतमा थियो । उज्वेक अधिकारीहरुका अनुसार मुलुकको आर्थिक विकासका लागि भूमिको निजीकरण सम्बन्धी कानुनले ठूलो महत्व राख्नेछ । उनीहरुको भनाईमा भूमिको स्वामित्व बेगर बजार अर्थतन्त्र पूरा हुन सक्दैन ।

नयाँ कानुन अनुसार उज्वेकिस्तानका कानुनी अख्तियारप्राप्त निकाय एवं नागरिकले व्यवसाय सञ्चालन गर्न र निजी घर निर्माण गर्न जग्गाजमिन खरिद गर्न सक्नेछन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पतिको आत्महत्यापछि विक्षिप्त श्रीमतीले छोरीको हत्या गरेर आफूले पनि गरिन् आत्महत्या

  • २८ मङ्सिर, २०७६

नोएडा । भारतको राजधानी दिल्लीसँग जोडिएको नोएडामा शुक्रबार आठ घन्टाभित्र एक परिवारका तीन जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान साढे ११ बजे एक युवकले

लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो

  • २८ मङ्सिर, २०७६

त्रिपोली ।  केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ । ती विदेशी आप्रवासीहरु

असममा आज ७ घन्टाका लागि कर्फ्यु हटाइँदै, विद्यार्थी संगठनले गरे तीनदिने सत्याग्रह घोषणा

  • २८ मङ्सिर, २०७६

गुवाहाटी । नागरिक कानुनको विरोधमा भारतको पूर्वोत्तर राज्य असममा ६ दिनदेखि उग्र प्रदर्शन जारी छ । असममा आज बिहान ९ बजेदेखि ४ बजेसम्मका लागि कर्फ्यु