शुरु गरिन् करिश्मा मानन्धरले कलेज यात्रा

काठमाडौं ।  हालै माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएकी नायिका करिश्मा मानन्धर कलेज भर्ना भएकी छन् ।

ललितपुरको टौखेल क्षेत्रमा रहेको किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी उनी कलेज पोशाकसहित कलेज जान लागेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई पनि निरन्तरता दिन लागेकी हुन् ।  गोदावरी नगरपालिकामा पर्ने किटिनी कलेजमा स्तानकसम्म अध्यापन हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर