• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 04:53 pm

बालाजुमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वारनजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा मृत्यु भएको जानकारी दिए । 

मृत्यु हुने नेपाली नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत भएको अनुसन्धानमा खुलेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरमा गाईजात्राको रौनक

  • ३१ श्रावण, २०७६

भक्तपुर । व्यंग्यबाण प्रहार गर्दै आफ्ना दिवगंत आफुन्त सम्झेर बनाउने गाईजात्रा पर्वको रौनक भक्तपुरमा पनि बढेको छ ।  काठमाडौं उपत्यकामा प्रत्येक

पूरा हुने भयो सपनाको विद्यालय जाने ‘सपना’

  • २९ श्रावण, २०७६

वीरेन्द्रनगर । सात वर्षदेखि बुबाआमाबाट टाढिएकी वीरेन्द्रनगर–२ कोलडाँडाकी सपना विकको विद्यालयमा पठनपाठन गर्ने सपना पूरा हुने भएको छ । उनी सानो

दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु 

  • २९ श्रावण, २०७६

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन