• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मेलम्चीको बाँकी काम फिल्डमै बसेर गर्न निर्देशन 

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै खट्न निर्देशन दिएकी छिन् । 

मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टिमलाई आयोजनास्थलमै खटेर मेलम्ची आयोजनाको काम अघि बढाउन निर्देशन दिएकी हुन् । 

आयोजनाका प्रमुख, समितिका अन्य पदाधिकारी र डिभिजनल इन्जिनियरहरूसहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्योल हटाउँदै अघि बढ्न मन्त्रीले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।  

मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी  भुक्तानी पाउन स्थानीय ठेकेदार तथा भेन्डरहरूले दाबी गरेका रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । 

आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङजस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिए । अहिले नदी संरक्षण र सुरुङभित्र भेन्टिलेसन साफ्टको काम भइरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर