• आइतबार ३-२८-२०७७/Sunday 07-12-2020/ 06:04 pm

भारत–नेपाल सीमासम्बन्धी पुराना दस्तावेज कर्मचारीले लुकाए : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेज लुकाएको आरोप लगाएका छन् । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेज लुकाउने काम भएको दाबी गरे । 

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्वमाथि नै शंका व्यक्त गरेका छन् । राष्ट्रसेवक कर्मचारीले अन्य देशको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए । 

पूर्वप्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायले सम्बोधन नहँुदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गरे । उनले सीमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबानलगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरी खोजिनुपर्ने बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

  • २८ असार, २०७७

काठमाडौं । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र

राष्ट्रपति चुरेको बाँस विरुवा खरिदमा भ्रष्टाचार, वन अधिकृत विरुद्ध मुद्दा

  • २८ असार, २०७७

काठमाडौै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राष्ट्रपति

प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्न पर्यटनमन्त्रीको निर्देशन

  • २८ असार, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोही अमूक विचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न