पोर्न स्टार मिंया खलिफाको पोर्नहबको कहानी

म अपमानित महसुस गर्दिनँ

एजेन्सी । चर्चित पोर्न स्टार मिया खलिफाले पहिलोपटक आफ्नो भविष्यका बारेमा बोलेकी छिन् । अमेरिकी लेखक मेगना अबोटलाई दिएको अन्तर्वार्तामा मियाले पोर्न बन्न बाध्य बनाउने कम्पनीलाई आरोप लगाउँदै भनिन्, ‘कम्पनीले अबुझ जवान केटीहरूलाई आफ्नो सिकार बनाउने गरेको छ ।’

मिया २६ वर्षकी भइन् । उनले पोर्न उद्योगमा मात्र तीन महिना काम गरिन् । २०१४ अक्टोबरमा उनी पोर्नको संसारमा आएकी हुन् । तर, २०१५ सुरु हुनेबितिकै उनले त्यो काम छाडिदिइन् । 

जतिबेला उनी पोर्नको संसारमा आएकी थिइन्, त्यतिबेला उनले पोर्न हब नामको वेबसाइट चलाउने गरेकी थिइन् । त्यही वेबसाइटले नै उनलाई चर्चित बनायो । 

मिया अन्तर्वार्तामा भन्छिन्, ‘अहिलेसम्म पनि मैले मेरो अतीतलाई स्वीकार्न सकेको छैनँ ।’ उनले ट्विटरमा लेखेकी छिन्, ‘मान्छेहरूलाई लाग्छ म पोर्न इन्डस्ट्रीमा करोडाैं रुपैयाँ कमाउँछु, तर मैले यो कामबाट केवल १२ हजार डलर मात्र कमाएकी छु । योभन्दा बढी मैले एक रुपैयाँ पनि कमाएको छैन । मलाई पोर्नको काम छोडेपछि सामान्य काम खोज्न निकै गाह्रो भयो । पोर्न जीवन मेरा लागि निकै डरलाग्दो थियो ।

मिया धेरैजसो आफ्नो अतीतका बारेमा कुरा लुकाउने गर्थिन् । तर, अब उनी भन्छिन्, ‘अतीतको हरेक त्यो पललाई उज्यालो बनाउन तयार छु । जसले मेरो भविष्यमा प्रश्न उठाउने गरेको थियो,’ उनले भनिन्, ‘जुन व्यवसाय मेरो नामले चल्छ त्यो कसैले पनि मविरुद्ध प्रयोग गर्न पाउनेछैन ।’ 

मिया खलिफा सबैभन्दा चर्चामा आउने पोर्न स्टार हुन् । तर, कामले जति चर्चामा आए पनि त्यो तुलनामा उनले पैसा पाइनन् । अहिले पनि उनको नाममा रहेको एक वेबसाइट चलिरहेको छ । जसमा लेखिएको छ, ‘यो वेबसाइट अब मियाको होइन, यसबाट उनलाई केही फाइदा मिल्दैन ।’ 

उनी भन्छिन्– ‘केही वर्षदेखि म यही चाहन्छु कि त्यो वेबसाइटबाट मेरो नाम हटाइयोस् ।’ मिया अरबी मुलुक लेबनानमा जन्मिएकी हुन् । उनी आफ्नो विगत र भविष्यका बारेमा खुलेर बोल्ने गरेकी छन् । तर, पोर्नको संसारमाबाट निस्किएर पनि उनले काम खोज्नमा निकै दुःख पाइन् । 

उनी भन्छिन्, ‘मलाई धेरै नरमाइलो लाग्थ्यो, जब मलाई मेरो पुरानो कामले गर्दा कुनै पनि कम्पनीमा काम मिल्दैन थियो । तर मेरो ‘मंगेतर’ धेरै राम्रो छ । मलाई लाग्छ ऊजस्तो केटा मैले कतै खोजे पनि पाउदिनँ । उनको बिहे यही वर्ष रोबर्ट सैंडबर्गसँग भएको छ । 

पोर्नको संसारमा उनको यात्रा छोटो भए पनि उनी धेरै विवादमा रहिन् । उनको हिजाब पहनकरमा खिचेको पोर्न भिडियो एक ठूलो विवादको कारण बनेको थियो । जुन भिडियोको कारण मियालाई आइएसआइएसबाट मर्ने धम्की आएको थियो । 

उनी भन्छिन्, ‘जसरी त्यो भिडियो पोस्ट भयो त्यहीँबाट हंगामा सुरु भयो । आइएसआइएसले मलाई ज्यान मार्ने धम्की दियो । उनीहरूले गुगल म्यापदेखि लिएर मेरो घरको तस्बिरसमेत मलाई पठाएका थिए । म कतिसम्म डराएको थिए भने दुई हप्तासम्म होटलमा बस्नुपरेको थियो ।’

इन्स्टाग्राममा मियाको १७ लाख फलोअर्स छन् । ट्रोल्सले उलाई सधैंजसो अनेक धम्की पठाइरहन्छ । उनी भन्छिन्, ‘सानो धम्कीले अब मलाई डर लाग्दैन । मान्छेले जे भने पनि म अपमानित महसुस गर्दिनँ । म सधैं सोच्छु, के यो आइएसआइएस हो ? के यसले मलाई मार्छ ? मार्दैनन नि, त ठीक छ । 

मिया खलिफाले आफ्नो पोर्न भिडियो अक्टोबर २०१४ मा बनाएकी थिइन् । उनी आफ्नो अन्तर्वार्तामा चाहँदैन थिइन् कि कसैलाई यो कुरा थाहा होस् । उनी यो लुकाएर राख्न चाहन्थिन् । तर, डिसेम्बरसम्म वेबसाइटकी नम्बर एक पोर्न स्टार बनिसकेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर