• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पत्रकार पुडासैनीले मर्नुअघि रुदै भनेका छन्, ‘मेराे हत्यारा रवि, अस्मिता र युवराज हुन्’ (भिडियोसहित)

काठमाडौं । पत्रकार शालिकराम पुुुुडासैनीले भिडियोमा श्रीमती र बाबुलाई सम्बोधन गर्दै आफ्ना अन्तिम भनाई रेकर्ड गराएका छन् । उनले आत्महत्याका लागि बाध्य पारिएको बताएका छन् । उनको भनाई जस्ताको त्यस्तै ः

म सेक्यूरिटी अफिस चलाएर बसेको थिए । युवराज कंडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोसिस गर्यो । जान्न भने, केही भिडियाेहरू माेवाइलमा खिचेकाे थिए । रवि दाइ दिपक दाईले कर गरे । यत्रो विजिनेश छ, गर्दिन भने । महिनाको १ डेढलाख कमाएको थिए । धेरै प्रेसर गरेपछि गरौं न त  भने । पार्ट टाईम गर्न थाले । महिनाको जम्मा १५ हजार दिए । ठिकै छ भनेर काम गर्न थाले । त्यसपछि मलाई फुल टाईम गर्नपर्छ भनेर प्रेशर गर्न थालियो ।

सिदार्थ बैंकमा त्यत्रो ऋण थियो । अहिले पनि छ त्यो कसरी तिर्नु होला । म पहिलानै त्यो युनिटका कारण डिप्रेसनमा पुगिसकेको थिए । त्यसपछि मैले अफिस छोडें । म गलत थिईन । अफिस छोड्ने बेला रवि दाई र दिपक दाईले बोलाउथे । मलाइ कति दुख दिए । दिपक दाईले पाट्ट पिट्ट गर्थे कतिपटक मलाई लुगामा समाएर तान्थे, घोक्राउथे, दुनियाथरी भन्थे ।

जनतासँंग सिधाकुराको दम्भ यति थियो, कतिलाइ विना कारण दोष लगाएर न्यूज बनाउने । मलाईपनि त्यसै गर भनियो । जो संग रिस उठेको छ त्यसैलाई सिध्याउँथे । व्यक्तिगत रिसिवी टिभिमा ल्याएर देखाउथे । मलाई पनि त्यसै गर भनियो ।  जोसँग रिस उठ्यो त्यसैलाई सिध्याउने ।  पछि हुंदै गएपछि स्यालरी बढाउछु भने । मेरो जम्मा १८ हजार पुर्याए ।

वैंकको किस्ता १८ हजार ५ सय हाल्नु पर्ने थियो । अनि कहाँबाट ल्याएर हाल्ने ? दिन रात काममा घोटिनुपर्ने । अनि म त्यहाँ टिक्नै नसक्ने हुन थाले । त्यसपछि जहिल्यै टर्चर गर्न थाले । ऋण गरेर किस्ता हाल्न थालें। जसोतसो मैले तलव बढाउन धेरै भने । तर अत्याधिक टर्चर हुन थाल्यो । रवि दाईले यति काम लगाउथे । तर तलव कहिल्यै बढाएनन् । अती दुख गरें । थोत्रो बाईक दिएको थियो । महिनाको ४,५ हजार खर्च हुन्थ्यो ।

लास्ट दुई महिना साढे १९ हजार भयो । कोठाको भाडा, मैले पेट पाल्नुपर्ने, बाईक खर्च हुन्थ्यो ।

नछोड नछोड,छोडिस भने तलाई सिध्याईदिन्छौं भने । मलाई त्यहाँ काम गर्ने क्याविन थिएन । कम्प्युटर थिएन । युवराजको कम्प्युटरमा लक लगाईदिन्थ्यो । माथि गएर काम गर्थे । त्यसपछि म छोड्ने निर्णयमा पुगें ।

तर युवराज र दिपक दाईले नछोड बरु अष्ट्रेलिया पठाईदिन्छु भने । एउटा केटी मिलाई दिन्छु भनें । युवराजले अस्मिला कार्की भन्ने जोडाईदियो । अनि हामी नजिकिन थाल्यौं । सवै कुरा हुन थाल्यो । 

उसले हरेक सानो काम पनि मलाई लगाउथी । त्यपछि उसले मलाई हेप्न थाली । त त र म म गरि खाते भन्न थाली । 
त्यसपछि म मउन्टेन टिभीमा जोडिए । त्यसपछि युवराजले तं फसिस भने । ठिकै छ भने । उनिहरुले युवराज र रवि दाई मिलेर मलाई फसाउने प्लान बनाएका रहेछन् । मलाई फसाउदैछन् भन्ने सवैतिरबाट थाहा पाए । 

सवै साथीहरुले सालिक तपाई फसाउदैछन् भने । तयसपछि मैले यो डिसिजन लिए ।

मलाई माफ गर संझना । करोडौंको सम्पत्ती छ मैले जोडे ।... तर .. म रातभरी रातभरी .. तर रवि लामिछाने .... दुनियालाई थर्काएको छ । मलाई भनिस् भने मारिदिन्छु भन्थ्यो । तर याद गर तिमिलाई एक दिन पोल्छ । तिमिजस्तो भ्रष्ट अरुको प्रगति देख्न नसक्ने । 

रविका अन्धभक्तहरुले ठिक छ भन्लान् । रवि आफु पैसा लिदैन । उसले वेलकम एडभर्टाईजिङ मिडिया मार्फत लिन्छ । करोडौं असुलेका छौं रवि तिमिले । तिमिलाई नेपालको कानून अनुसार कारबाही होस।

मलाई मर्न बाध्य पार्ने तिमि हौं । 

अस्मिता कार्कि, अहिले विपि स्मृती अस्पतालमा काम गर्छे । रवि, युवराज कडेंल हो मलाई मार्न बाध्य पार्ने । दिपक दाईको दोष छैन । 
उनिहरुलाई नेपालमा कानून बन्यो भने फाँसि दिए हुन्थ्यो । 

 नाेट–याे सामाग्री नेपाल आजले प्रशारण गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर