• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कांग्रेस केन्द्रीय समिति बैठक : अनुशासन समितिको प्रतिवेदन पेस, एक हजार बढी उजुरी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी अनुशासन समितिको प्रतिवेदन पेस भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा समितिका संयोजक भीष्मराज आङदम्बेले केन्द्रीय समितिमा प्रतिवेदन पेस गरेका छन् ।
लगभग एक हजार उजुरी अनुशासन समितिमा दर्ता भएपनि बाँकी उजुरीका विषयमा समितिले छानबिन गरिरहेको जनाइएको छ । अनुशासन उल्लंघनका घटना फरक–फरक ढंगका भएको भन्दै समितिले कारबाहीको दायरा पनि फरक गर्न सुझाएको छ ।

नयाँ विधान र नियमावलीका आधारमा बाँकी कारबाही प्रक्रिया अघि बढाइने भएको छ । आउँदो उपनिर्वाचन गर्नुपर्ने स्थानहरुमा कुन मापदन्डबाट उम्मेदवार चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर