• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मैत्रीपूर्ण खेलमा नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानको राष्ट्रिय भलिबल टिमलाई पराजित गरेको छ । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले ३–२ को सेटमा अफगानिस्तानलाई हराएको हो ।


पहिलो सेट २२–२५ र चौथो सेट २५–२३ ले गुमाएपनि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको नेपालले निर्णायक सेट १५–१३ ले हात पारेको थियो ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहिबार हुनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर