धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

काठमाडौँ  । धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२२ बिन्दुले घटेर २६५.९३ मा रोकिएको छ ।

परिसूचक ओरालो लागेसँगै कारोवार रकम पनि न्यून रह्यो । स्टकका अनुसार आज कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर रु २५ करोड ७२ लाख ८५ हजार एकमा खरीदबिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये लघुवित्तको शेयर मात्र उकालो लागेको छ । लघुवित्तको शेयर ०.१४ ले बढ्दा बैङ्किङ ६.४९, व्यापार १.७७, होटल २१.२१, विकास बैंक ०.५२, जलविद्युत् ७.१३, वित्त १.०८, निर्जीवन बीमा १०.३६, उत्पादन ९.८१, अन्य ०.०७, जीवनबीमा २२.०६ र सामूहिक लगानी कोषको शेयर ०.०५ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकका शेयर रु दुई करोड १० लाख ६२ हजार ५४१ मा खरीदबिक्री भयो । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका रु एक करोड ५८ लाख ७१ हजार ४७९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु एक करोड १५ लाख ९५ हजार ७३२ र प्रभु बैंक लिमिटेडका शेयर रु एक करोड चार लाख ३७ हजार ३०८ मा खरीदबिक्री भए ।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.२६, एनएलजी इन्सुरेन्स कम्पनी २.५३, घलेम्दी हाइड्रोपावर २.४७, हिमालय ऊर्जा विकास कम्पनी २.३४ र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले २.१५ प्रतिशतले कमाए । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ५.३० प्रतिशतले गुमाउँदा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ३.६०, गुडविल फाइनान्स कम्पनी २.४९, सनराइज बैंक २.८६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.८३ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर