• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कार्यकर्ताको मनोबल बढाउन जिल्ला जानोस् : थापा

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताको मनोबल उच्च राख्न देशभर सघन रूपमा प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएका  छन् ।

केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै थापाले अहिले मुलुकको अवस्था विषम परिस्थितिबाट गुज्रिरहेकोले तरल अवस्थाबारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आवश्यक भएको बताए ।

थापाले प्रशिक्षकलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै देशदौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकलाई दृढ भएर प्रस्तुत हुन जोड दिए । “तपाईहरु अध्यनशील हुनोस्, चिन्तन र विश्लेषण गर्ने गर्नोस्, बहस गर्ने बानी बसाल्नुस”, थापाले भने ।


कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण विभाग प्रमुख भुवन पाठकलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर