• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

सुपर कपको उपाधि लिभरपुललाई

लिभरपुलले सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई हराउँदै लिभरपुलले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निणर्य टाईब्रेकरमा गरिएको थियो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । लिभरपुलको जितमा साडियो माने नायक रहे । उनैले लिभरपुलका लागि दुई गोल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चेल्सीले बनाएको थियो । ३६ औ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै लण्डन क्लबलाई अग्रता दिलाएका थिए । ४८ औ मिनेटमा साडियो मानेले खेल बराबरीमा ल्याएका थिए ।

९५ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई अगाडी बनाएका थिए । तर मिडफिल्डर जोर्गिन्होले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर