एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अभ्यास खेलका रुपमा रहेको मैत्रीपुर्ण खेलमा नेपालले दोस्रो खेलमा आज फेरी अफगानिस्तानसँग खेल्दैछ । लगनखेल स्थित आर्मीको कोर्टमा हुने प्रतियोगिता दिउसा तीन बजेबाट सुरु हुनेछ ।
पहिलो मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेर जितेको नेपाली टिम आजपनि त्यो लयलाई कायम राख्ने लक्ष्यमा छ । यता अफगानिस्तानले पहिलो सेटमा राम्रो गरेपनि त्यसपछि केहि खस्किदा हार ब्यहोरेको थियो । हिजोको खेलमा देखिएका गल्तिहरुलाई सच्याउदै आज नेपाललाई हराउने लक्ष्यमा अफगान टिम रहेको छ ।
भदौ दुई गतेबाट हुने प्रतियोगिताको तयारीका लागि नेपाली टिमले यो मैत्रीपुर्ण खेल खेलेको हो । प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै श्रीलंका माल्दिभ्स, तुर्कीमिनिस्तान, बंगलादेश, किर्गिस्तान र उज्वेकिस्तानको सहभागिता रहेको छ ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत बक्सिङमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । उनले ६४ केजी तौल समूहको खेलमा
काठमाडौं । १ ३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् । आजको खेल जितेसँगै उनी सागमा स्वर्ण
प्रतिकृया दिनुहोस