• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

क्वाटी विशेष : स्वादिष्ट क्वाटी बनाउने सजिलो तरिका 

काठमाडौं । क्वाटी बिभिन्न गेडागूडी जस्तै चना, केराउ, भाटमास, बोडी, राजमा, सिमी, बकुल्ला इत्यादी गरी ९ थरीका गेडागूडीलाई टुसा उमारेर पकाइने एक निकै स्वदिस्ट र पौस्टिक परिकार हो ।

क्वाटी पकाउन चाहिने सामाग्रीहरु :

भिजाएको क्वाटी, प्याज, गोलभेडा, ज्वानो, नुन, बेसार, जिरा र धनीयाको धुलो, तेल वा घिउ, तेजपात, खुर्सानी, पिसेको अदुवा र लसून, ल्वाङ सुकमेलको धुलो, हरियो धनीया

क्वाटी पकाउने तरिका :

क्वाटी बनाउनको लागि सबैभन्दा पहिला प्रेसरकुकर ग्यासमा बसाल्नुहोस् । भाडा तातिसकेपछी घिउ अथवा तेल राखेर ज्वानोलाई फुराउनुहोस् अनी तेजपात र काटेको प्याज राख्नुहोस् । प्याज रातो भएपछी पिसेको अदुवा लसुन पनि राखेर एकैछिन भुट्नुहोला र भिजाएको क्वाटी पनि राखी राम्रोसँग चलाई एकैछिन भुट्नुहोस् ।

एकैछिन भुटेपछी बेसार, जिरा र धनीयाको धुलो, खुर्सानी, ल्वाङ सुकमेलको धुलो, नुन राखी एकछिन चलाऊनुहोला र गोलभेडा पनि राखी एकछिन भुट्नुहोला र आफुलाई कती झोल खान मन लाग्छ सोही अनुसार पानी रखेर बिर्को लगाइ ३–४ सिठ्ठी लगाउनुहोला । ३–४ सिठ्ठीपछी बिर्को खोली माथिबाट हरियो धनीया रखी सजानुहोस् र तपाईंको मिठ्ठो क्वाटी खानको लागि तयार भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर