• शनिबार ८-२८-२०७६/Saturday 12-14-2019/ 12:50 pm

काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

काठमाडौं ।  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । 

काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गरेकाच हुन् ।  । बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र काङ्ग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेकोसमेत स्पष्ट पारेको छ । 

उक्त कार्यसमितिबाहेक काङ्ग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकाले तनहुँमा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लङ्घन र दण्डनीय कार्य हुने बैठकले निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बहुसंख्यक सार्वजनिक स्कुल रुग्ण उद्योगजस्ता भए : शिक्षामन्त्री पोखरेल

  • २८ मङ्सिर, २०७६

विराटगनर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई उत्पादन र विकाससँग जोड्नुपर्ने बताएका छन् । शिक्षालाई उत्पादनमा जोड्न

सडक निर्माणमा सरकार अदूरदर्शी: प्रभु साह

  • २८ मङ्सिर, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले वर्तमान निर्माणाधीन सडक पूर्वाधारले समृद्धि ल्याउन नसक्ने भन्दै चिन्ता

महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा

  • २८ मङ्सिर, २०७६

भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने २७१ ग्राहकलाई कालोसूचीमा राखेको हो । लाइन काटेको छ महिनाभित्र महसुल