• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 09:04 pm

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको  निधन

काठमाडौं ।  वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ ।   उनको निधनको पुष्टि छोरी इल्या भट्टराइले गरेकी हुन् ।  निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

 निवासमा शौचालय जाँदा बेहोस भएको उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो । 

उनका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस

  • १९ मङ्सिर, २०७६

काठमाडौं ।  नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस मनाइदैँ छ । आज २९ औँ स्मृति दिवसका अवसरमा नारायण

कविता : भरखरै जस्तो लाग्छ 

  • १४ मङ्सिर, २०७६

भरखरै जस्तो लाग्छ मैले उसलाई चोर औंला उठाएको यही चौतारोमा हो । हामी चौतारोमा बसेर जब सपनाका कुरा गथ्र्यौं हाम्रा दुस्मनहरू त्यो चौतारोमा आउन

साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

  • १० मङ्सिर, २०७६

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ। निमोनियाका कारण दुई साताअघि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका