चलचित्र ‘साहो’ ले रिलिज अगाडि नै उठायो लगानी

काठमाडौं । सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । 
यही ३० अगस्टमा रिलिज हुने चलचित्रले चलचित्रको थिएट्रिकल राइट्स ३२० करोडमा विक्री भएको हो । ‘साहो’ ३५० करोड लगानीमा निर्माण भएको चलचित्र हो ।

यसमा स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्सको कमाई जोडिएको छैन् । स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्स विक्री हुन बाँकी नै छ । यी दुई राइट्स विक्री हुँदा ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाएर नाफामा गइसकेको हुने छ । चलचित्र ‘साहो’ यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्ने भारतीय सञ्चारमाध्यमले अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर