फिल्म ‘हजार जुनीसम्म’ आजबाट प्रर्दशनमा 

काठमाडौं । फिल्म ‘हजार जुनीसम्म’ जनैपूर्णिमाको अवसर पारेर आज देखि  प्रर्दशनमा आएको छ ।  मल्टिप्लेक्स हलमा फिल्मको शो बाँडफाँड गरिएको छ ।मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’लाई क्युएफएक्स अन्र्तगतका हलहरुमा १९ शो उपलब्ध गराइएको छ । काठमाण्डूको जय नेपालमा १, छायाँ सेन्टरमा १, लाविम मलमा २, कुमारीमा २, सिभिल मलमा ४ शो दिइएको छ ।

यस्तै पोखराको सिनेप्लेक्समा ३, नारायणघाटको जल्मामा ३ र विर्तामोडको अन सेटमा ३ वटा शो उपलब्ध गराएको छ । सरसर्ती हेर्दा विकासराज आचार्य कृत फिल्मले मल्टिप्लेक्समा राम्रो शो संख्या पाएको छ । यस्तै राजधानीका बिग मुभिज, क्युज सिनेमाज र बिएसआर मुभिज गोंगबुमा फिल्मले दुई दुई शो पाएको छ भने एफक्यु चावाहिलले ३ शो दिएको छ ।

फिल्ममा विकासराज आचार्यले निर्देशन गरेको रहेको छ । फिल्ममा आर्यन सिक्देलसँगै सलोन बस्नेत, अखिलेष प्रधान, शिवहरी पौडेल, प्रियंका कार्की, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर