यी साउथ इन्डियन अभिनेताले सित्तैमा बाँडे ४ सय वटा सुनका औँठी 

एजेन्सी । सुन्दा पत्यार नलाग्न सक्छ, तमिल फिल्म उद्योगका सुपरस्टार विजय थालापथीले चार सय वटा सुनका औठी सित्तैमा बाँडेका छन् । विशेष प्रकारको यी औँठी सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । 

केही दिनयता विजय आफ्नो आगामी फिल्म ‘बिगिल’को सुटिङमा व्यस्त थिए । हालै मात्रै यो फिल्मको सुटिङ सकिएको छ र अब फिल्मको रिलिजको तयारीमा टिम जुटेको छ । 

फिल्म ‘बिगिल’को सुटिङ पूरा भएको खुशीमा अभिनेता विजयले आफ्नो चार सय सदस्यीय टिमलाई विशेष उपहार दिएका छन् । उनले यी चार सय सदस्यलाई नै विजयले सुनको औँठी उपहार दिएका हुन् । 

यी औँठीहरु फिल्मको नाम ‘बिगिल’ लेखिएको छ । यसै औँठीको तस्विर इन्टरनेटमा भाइरल बनेको हो । बिजयले पुरै टिमको मेहेनतलाई सुनको औँठी उपहार दिएर धन्यवाद दिने प्रयास गरेका छन् । 

फिल्म बिगिल एक स्पोर्टस् ड्रामा फिल्म हो । फिल्म एक्सन तथा थ्रिलरले भरिएको छ । यस फिल्ममा विजय थालापथी दोहोरो भूमिकामा देखिनेछन् । फिल्ममा विजयको साथमा अभिनेत्री नयनतारा र बलिउड कलाकार ज्याकी श्रोफको पनि मुख्य भूमिका रहनेछ । 

एजिएस इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्म आगामी २७ अक्टोबरमा रिलिज हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर