• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संचारकर्मी रवि लामिछाने पक्राउ

काठमाडौं । संचारकर्मी रवी लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई र युवराज कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा न्युज२४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ सञ्चालक रवि लामिछाने र युवराज कँडेलसँगै अस्मिता कार्की अनुसन्धान घेरामा छन् । अनुसन्धानकै बेलामा घटनासंग जोडिएका पात्रहरु मिलेर युवतिलार्य लाइभ कार्यक्रममा उपस्थित गराउन लागेपछि नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतको भनाई छ । लामिछाने र कँडेललाई जिल्ला प्रहरी चितवनको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले बतायो ।

मुलुकी अपराध संहिता अनुसार के हुन सक्छ कारबाही ?

मुलुकी अपराध संहिताले भने यदी कसैले कसैलाई आत्महत्ष गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति गर्न गराउन नहुने उल्लेख गरेको छ । साथै, त्यस्तो अवस्था सिर्जना गराउनेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।

पुडासैनीले आत्म हत्या गर्नुअघि के भनेका थिए ?

म सेक्यूरिटी अफिस चलाएर बसेको थिए । युवराज कंडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोसिस गर्यो । जान्न भने, केही भिडियोहरू मोवाइलमा खिचेको थिए । रवि दाइ दिपक दाईले कर गरे । यत्रो विजिनेश छ, गर्दिन भने । महिनाको १ डेढलाख कमाएको थिए । धेरै प्रेसर गरेपछि गरौं न त  भने । पार्ट टाईम गर्न थाले । महिनाको जम्मा १५ हजार दिए । ठिकै छ भनेर काम गर्न थाले । त्यसपछि मलाई फुल टाईम गर्नपर्छ भनेर प्रेशर गर्न थालियो । सिदार्थ बैंकमा त्यत्रो ऋण थियो । अहिले पनि छ त्यो कसरी तिर्नु होला ।  म पहिलानै त्यो युनिटका कारण डिप्रेसनमा पुगिसकेको थिए । त्यसपछि मैले अफिस छोडें । म गलत थिईन ।

अफिस छोड्ने बेला रवि दाई र दिपक दाईले बोलाउथे । मलाइ कति दुख दिए । दिपक दाईले पाट्ट पिट्ट गर्थे कतिपटक मलाई लुगामा समाएर तान्थे, घोक्राउथे, दुनियाथरी भन्थे । जनतासँंग सिधाकुराको दम्भ यति थियो, कतिलाइ विना कारण दोष लगाएर न्यूज बनाउने । मलाईपनि त्यसै गर भनियो ।  जो संग रिस उठेको छ त्यसैलाई सिध्याउँथे । व्यक्तिगत रिसिवी टिभिमा ल्याएर देखाउथे । मलाई पनि त्यसै गर भनियो ।  जोसँग रिस उठ्यो त्यसैलाई सिध्याउने ।  पछि हुंदै गएपछि स्यालरी बढाउछु भने । मेरो जम्मा १८ हजार पुर्याए । वैंकको किस्ता १८ हजार ५ सय हाल्नु पर्ने थियो । अनि कहाँबाट ल्याएर हाल्ने ? दिन रात काममा घोटिनुपर्ने । अनि म त्यहाँ टिक्नै नसक्ने हुन थाले । त्यसपछि जहिल्यै टर्चर गर्न थाले । ऋण गरेर किस्ता हाल्न थालें। जसोतसो मैले तलव बढाउन धेरै भने ।  तर अत्याधिक टर्चर हुन थाल्यो । रवि दाईले यति काम लगाउथे । तर तलव कहिल्यै बढाएनन् । अती दुख गरें । थोत्रो बाईक दिएको थियो । महिनाको ४,५ हजार खर्च हुन्थ्यो ।

लास्ट दुई महिना साढे १९ हजार भयो । कोठाको भाडा, मैले पेट पाल्नुपर्ने, बाईक खर्च हुन्थ्यो । नछोड नछोड,छोडिस भने तलाई सिध्याईदिन्छौं भने । मलाई त्यहाँ काम गर्ने क्याविन थिएन । कम्प्युटर थिएन ।  युवराजको कम्प्युटरमा लक लगाईदिन्थ्यो । माथि गएर काम गर्थे । त्यसपछि म छोड्ने निर्णयमा पुगें । तर युवराज र दिपक दाईले नछोड बरु अष्ट्रेलिया पठाईदिन्छु भने । एउटा केटी मिलाई दिन्छु भनें । युवराजले अस्मिला कार्की भन्ने जोडाईदियो । अनि हामी नजिकिन थाल्यौं । सवै कुरा हुन थाल्यो ।  उसले हरेक सानो काम पनि मलाई लगाउथी । त्यपछि उसले मलाई हेप्न थाली । त त र म म गरि खाते भन्न थाली ।  त्यसपछि म मउन्टेन टिभीमा जोडिए । त्यसपछि युवराजले तं फसिस भने । ठिकै छ भने । उनिहरुले युवराज र रवि दाई मिलेर मलाई फसाउने प्लान बनाएका रहेछन् । मलाई फसाउदैछन् भन्ने सवैतिरबाट थाहा पाए ।  सवै साथीहरुले सालिक तपाई फसाउदैछन् भने । तयसपछि मैले यो डिसिजन लिए ।

मलाई माफ गर संझना । करोडौंको सम्पत्ती छ मैले जोडे...तर...म रातभरी रातभरी .. तर रवि लामिछाने... दुनियालाई थर्काएको छ । मलाई भनिस् भने मारिदिन्छु भन्थ्यो । तर याद गर तिमिलाई एक दिन पोल्छ । तिमिजस्तो भ्रष्ट अरुको प्रगति देख्न नसक्ने । रविका अन्धभक्तहरुले ठिक छ भन्लान । रवि आफु पैसा लिदैन । उसले वेलकम एडभर्टाईजिङ मिडिया मार्फत लिन्छ । करोडौं असुलेका छौं रवि तिमिले । तिमिलाई नेपालको कानून अनुसार कारबाही होस। मलाई मर्न बाध्य पार्ने तिमि हौं ।  अस्मिता कार्कि, अहिले विपि स्मृती अस्पतालमा काम गर्छे । रवि, युवराज कडेंल हो मलाई मार्न बाध्य पार्ने । दिपक दाईको दोष छैन ।  उनिहरुलाई नेपालमा कानून बन्यो भने फाँसि दिए हुन्थ्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर