• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एभिसी भलिबलका लागि माल्दिभ्स टिम काठमाडौंमा

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी हुन माल्दिभ्सको भलिबल टिम नेपाल आईपुगेको छ । नेपालमा भदौ २ गते सुरु हुने प्रतियोगितामा सहभागीता जनाउन माल्दिभ्सको टिम बिहान काठमाडौ ओर्लिएको थियो ।
माल्दिभ्सको टिमलाई भलिबल संघकी उपाध्यक्ष निरोज मास्के सहितका पदाधिकारीले स्वागत गरेका थिए ।

आयोजक नेपाल भलिबल संघले माल्दिभ्सको टिमलाई होटल क्राउन प्लाजामा बस्ने व्यवस्था गरेको छ । माल्दिभ्ससगै बंगलादेश, कीर्गिस्तान र तुर्कीमिनिस्तान आजै काठमाडौं आउनेछन् ।
उज्वेकिस्तानको टिम भने आईतबार मात्र नेपाल आईपुग्नेछ ।

अर्को सहभागी राष्ट्र अफगानिस्तान भने यसअघिनै नेपाल आईसकेको छ । उसले नेपाली टिमसंग दुई मैत्रीपूर्ण म्याच समेत खेलिसकेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर