• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न चितवन अदालतले दियो अनुमति

चितवन । चितवन जिल्ला अदालतले संचारकर्मी रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हाे ।

चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । 

शुक्रबार अदालत हाजिर गराइएका तिनै जनालाई जिल्ला अदालत चितवनका न्यायाधिश बिनोद कुमार गौतमको एकल इजलाशले ५ दिन थुनामा राखी अनुशन्धान कार्य अगाडी बढाउन अनुमति दिएको हो । रवि सँगै युवराज कंडेल र अस्मिता कार्कीलाई समेत अनुसन्धानको लागि विहिबार बाटै लागुहुने गरि पाँच दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए ।

जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहश गर्नु भएको थियो भने रवि लगायतको पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेल सहितले बहश गरेका थिए । अदालतमा बहस चलिरहदा बाहिर रविको समर्थकहरुले रवि निर्दोष रहेको र उनलाई फसाउन लागेको भन्दै नारावाजी गदै रविलाई रिहा गर्न माग गरेका थिए । सर्मथकहरुले जिल्ला प्रहरी कार्यालयको मुल गेट अगाडी जम्मा भएर नाराबाजी गर्न थाले पछी प्रहरीले पछाडीको बाटो प्रयोग गर्दै रवि सहित तिनैजनलाई सरकारी वकिलको कार्यालय र अदालत लगेको थियो । त्यस्तै अदालतमा जिल्ला प्रहरी कार्यालय ल्याउन पनि प्रहरीले समर्थकहरुको आखाँ छल्दै भित्रीबाटो प्रयोग गर्नु परेको थियो । सर्मथकहरु दिनभर जसो जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको मुल गेट अगाडी नारावाजी गर्दै बसेका थिए । मृतक पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्युको दोषी बताएका छन् । प्रहरीले तिनैजनालाई विहिबार काठमाडौँबाट नियन्त्रणमा लिएर चितवन ल्याएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर