• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रवि लामिछानेको मुद्दा अब कसरी अघि बढ्छ ? 

काठमाडौं । माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संचारकर्मी रवि लामिछाने, न्युज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले पक्राउ गरेसंगै घटनाले नयाँ मोड दिएको छ । एकातिर रविका समर्थकहरु आक्रोष सडकदेखी सामाजिक सञ्जालसम्म पोखिएको छ भने प्रहरीले कानून अनुसार कारबाही प्रकृया अघि बढाएको छ ।

पत्रकार पुडासैनीले आफ्नो मोबाइलमा खिचेको ‘सुसाइड भिडियो’ संचारमाध्यमबाट बाहिरिएपछि घटनाले झनै चर्को रुप लिएको हो । प्रहरी अनुसन्धानमा रहेको भनिएको उक्त भिडियो बाहीर आएपछि एकातर्फ परिवारलाई थप पीडा भएको छ भने सार्वजनिक बहस पनि सुरु भएको छ । 

यदी कसैले आत्महत्याका लागि दुरुत्साहन गरेका कारण आत्महत्या गरेको खण्डमा पाँचवर्ष कैद र पचास हजार जरिवानासहित कारबाही हुने फौजदारी अपराध सहिंतामा उल्लेख गरिएको छ । संचारकर्मी लामिछाने, उनकै सहकर्मी कँडेल र युवती कार्कीको कारण आफूले आत्महत्या गर्नपरेको भन्दै शालिकरामले भिडियोमा बताएका थिए । 
कानूनी प्रक्रिया पूरा गरेर दोषीलाई कारबाही गराउन भन्दै परिवारका सदस्यहरु भिडियोमा उल्लेख भएका पात्रहरुलाई किटानी जाहेरी दिने तयारीमा छ । पीडितलाई न्याय, जनआवाजको सम्बोधन जस्ता विषयका कारण यतिबेला चितवन जिल्ला प्रहरी घटनाको छानबीनमा छ । 

के छ कानूनी व्यवस्था, कसरी अघि बढ्छ कारबाही प्रक्रिया ?
यदी कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति गर्न÷गराउन नहुने उल्लेख मुलुकी अपराध संहिताले गरेको छ । साथै, त्यस्तो अवस्था सिर्जना गराउनेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख कानूनमा गरिएको छ । 

अधिवक्ता तथा राष्ट्रियसभा सांसद रामनारायण बिडारीलाई हामीले अबको प्रक्रिया के हुन्छ भनेर सोधका छौं ।

उत्तरमा बिडाँरी भन्छनः–
फौजदारी अपराध सहिंतामा आत्महत्या गर्न दुरुत्साहन गर्न वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति गर्न÷गराउन नहुने उल्लेख मुलुकी अपराध संहिताले गरेको छ । साथै, त्यस्तो अवस्था सिर्जना गराउनेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख कानूनमा गरिएको छ । 

पुडासैनीको आत्महत्या प्रकरणमा दोषी भनिएका कुनै पनि व्यक्तिले दुरुत्साहन गरेको हो की होइन, कसरी गर्यो ? किन गर्यो भने दोषी  भनिएकालाई पक्राउ गरेको २४ दिन अनुसन्धानको समय हुन्छ । दोषी भनिएका तीनै जनालाई पक्राउ गरेको २४ घन्टाभित्र मुद्दा हेर्ने न्यायधीसले अनुसन्धान गर्छ । 

उसले पटक पटक गरी जम्मा २४ दिनसम्म अनुसन्धान गर्न पाउनपर्छ । र त्यसपछि मुद्दा सरकारी वकिलकहाँ पुग्छ । सरकारी वकिलले मुद्दा हेरिसकेपछि यदी मुद्दा नचल्ने भए उच्च अदालत हुँदै महान्यायधीसकहाँ पुग्छ । यदी मुद्दा चल्ने हो भने प्रमाण अनुसार मुद्दा दायर हुन्छ । 

मुद्दा दायर भइसकेपछि अदालतमा मुद्दाबारे बहस सुरु हुन्छ । उक्त मुद्दाको बहसपछि दोषी भनिएकालाई थुनामा राखेर कारबाही गर्ने वा धरौटीमा राखेर मुद्दा चलाउने भन्ने अदालतले निर्णय गर्छ ।

सम्बन्धित समाचारहरूः

-पत्रकार पुडासैनीले मर्नुअघि रुदै भनेका छन्, ‘मेराे हत्यारा रवि, अस्मिता र युवराज हुन्’ (भिडियोसहित)

-रवि, अस्मिता र युवराज विरुद्ध किटानी जाहेरी दिने पुडासैनी परिवारको तयारी

-संचारकर्मी रवि लामिछाने पक्राउ

-रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न चितवन अदालतले दियो अनुमति

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर