रोल्पामा जीप दुर्घटना, एकको मृत्यु

रोल्पा । रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका २ राम्लीमा आज शुक्रबार जीप दुुर्घटना हुँदा एक जना बालिकाको ज्यान गएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।

रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ को सैवाङमा रहेको सनराइज बोर्डिङ स्कुलको लु १ ज १२६७ नम्बरको जीप विद्यार्थी लिएर फर्कने क्रममा दुर्घटना भएको रोल्पा प्रहरीले जानकारी दियो ।

रुन्टीगढी गाउँपालिका वडा नम्बर २ को दारेढुङगामा दुुर्घटना हुँदा रुन्टीगढी–२ की ६ वर्षीया बालिका सञ्जिता बस्नेतको ज्यान गएको हो । 

घाइते भएका १३ जना विद्यार्थीहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भैरहेको छ । 
वर्षाका कारण हिलो सडकमा जीप चिप्लिएर सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।  जपका चालक भने फरार छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर