• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कौटिन्हो बायर्न म्युनिख जाने पक्का

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो जर्मन क्लब बायर्न म्युनिख जाने लगभग पक्का भएको छ । बार्सिलोनाले कौटिन्होलाई लोनमा बेच्ने भएको हो । यस विषयमा बार्सिलोना र बायर्नबीच सहमति भइसकेको बताइएको छ । बार्सिलोनाले एक वर्षका लागि लोनमा कौटिन्होलाई क्लबमा समावेश गर्ने भएको हो । 

कौटिन्हो बायर्नमा जाने पक्का भएपछि बार्सिलोनाले शुक्रबार राति भएको ला लिगाको पहिलो खेलमा उनलाई मैदानबाहिर नै राखेको थियो । सो खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग पराजित भएको थियो । सो खेलमा लियाेनल मेस्सी पनि मैदानबाहिर नै थिए । 

कौटिन्हो गत सिजनमा ठूलो रकममा बार्सिलोना आएका थिए । गत सिजनमा उनले बार्सिलोनाबाट ५४ खेल खेल्दै ११ गोल गरेका थिए । बार्सिलोनाले हालै ग्रिजम्यानलाई क्लबमा समावेश गरेको छ भने पेरिस सेन्ट जर्मेनबाट नेयमारलाई पनि टोलीमा समावेश गर्न प्रक्रियामा रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर